काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले वैशाख २६ गतेदेखि एकीकृत काारोबार गर्ने भएका छन् । मर्जर प्रकृयामा रहेका उक्त ३ वटै कम्पनीले एक आपसमा मर्ज भई वैशाख २६ गतेदेखि एकीकृत काारोबार गर्न लागेका हुन् ।
मर्जर पश्चात हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् । उक्त ३ वटै कम्पनी एक आपसमा १ः१ः१ को अनुपातमा गाभिन लागेका हुन् ।
एकिकृत कारोबार प्रयोजनका लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गते ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरु बन्द हुने कम्पनीहरुले जनाएका छन् ।