images
images

५ दिनको गिरावट पछि १२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि 


  • 292
    SHARES
  • २०८० बैशाख २१ गते बिहीबार

    ५ दिनको गिरावट पछि १२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि 

    काठमाडौं । पछिल्लो ५ दिनको गिरावट पछि आज साताको अन्तिम दिन विहीबार शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अंकले बढेर १ हजार ८ सय ६९ दशमलव ७३ विन्दुमा पुगेको छ ।

    बैशाख १३ गते बुधबारबाट घटेको शेयर बजार आज बैशाख २१ गते विहीबार मात्रै आएर घट्ने क्रम रोकिएको छ । आज साताको अन्तिम दिन विहीबार २ सय ७६ स्क्रिपको ७३ करोड २६ लाख रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ ।

    आज १ सय ६२ कम्पनीको शेयर मूल्य बढेको छ  । ५० कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ । बिहीबार १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। 

    आज सबैभन्दा धेरै नेपाल बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज नेपाल बैंकको ४ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरको किनबेच भएको छ । शिवम् सिमेन्टको २ करोड २१ लाख रुपैयााको कारोबार भएको छ । नविल बैंकको १ करोड ९६ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

    यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक ९.८६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लक्ष्मी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने सयपत्री हाइड्रोपावर र आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo