images
images

नेपाल रिपब्लिक मिडियाले गर्यो आईपीओ निष्काशनको मिति तय


  • 774
    SHARES
  • २०८० बैशाख २१ गते बिहीबार

    नेपाल रिपब्लिक मिडियाले गर्यो आईपीओ निष्काशनको मिति तय

    काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आईपीओ निष्काशनको मिति तय गरिएको छ । कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन निष्काशन गर्न लागेको छ। जसमध्ये १ लाख ७४ हजार १ सय २० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। त्यस्तै, बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गरि बाँकी रहेको  ३५ लाख २५ हजार ९३० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको कम्पनीले जनाएको छ । 

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा बैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यसैगरी, सर्वसाधारणका लागि यस्तो निष्काशन बन्द छिटोमा जेठ २६ गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ८ गतेसम्म लम्बिनेछ।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।


    images
    images

    Logo