images
images

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट


  • 403
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२७ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ४० विन्दुमा झरेको छ । आज कारोबारमा आएका २ सय ७१ स्क्रिपको ६९ करोड २२ लाख रुपैयाँ बराबरको २३ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ९४ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएका ६८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४४ कम्पनीको शेयर मूल्य घटेको छ । १ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । आज हिमालयन डिष्टीलरीको सवैभन्दा धेरै शेयर कारोबार भएको छ । कम्पनीको २४ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    त्यस्तै, एनटीसीको २ करोड २८ लाख रुपैयाँ, शिबम् सिमेन्टको २ करोड १५ लाख रुपैयाँ, तारागाँउ रिजेन्सी होठल्सको २ करोड ३ लाख रुपैयाँ र नविल बैंकको १ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको ८.२० प्रतिशतले बढेको छ ।


    images
    images

    Logo