काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मंगलबार सो लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीले लाभांश घोषणाबारेको जानकारी नेप्सेमा गराए लगत्तै नेप्सेले कम्पनीको कारोबार रोक्का राखेको छ । कम्पनीले वैशाख १३ गते लाभांशबारे निर्णय गरेर नेप्सेमा आज वैशाख १९ गतेको कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले कारोबार रोकेको हो ।
साथै कम्पनीलाई यसको जवाफ ३ दिन भित्र पठाउन निर्देशन समेत दिइएको छ । लाभांश बारेको सूचना कारोबार सुचारु हुन् अगावै जानकारी गराउनु पर्ने ब्यबस्था रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।




