images
images

माई खोला हाइड्रोको आईपीओ बाँडफाँड, १ जनाले पाए ११ कित्ता शेयर


  • 386
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    माई खोला हाइड्रोको आईपीओ बाँडफाँड, १ जनाले पाए ११ कित्ता शेयर

    काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।

    कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २ सय ६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८ सय ३० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यसमध्ये ८९ हजार ८ सय ३० जनाको आवेदन रद्ध भएका छन् ।

    त्यस अनुसार कम्पनीको आईपीओ १२ लाख ७३ हजार ८ सय ९१ जनाको योग्य आवेदन परेको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले वितरण भएको छ ।

    त्यस अनुसार योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ९ सय ४१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । त्यस मध्येबाट पनि १ जना भाग्यमानीले थप १ कित्ता शेयर पाएका छन् ।

    कम्पनीले वैशाख ८ देखि वैशाख १२ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो । कम्पनीले ७६ हजार ४ सय ७१ कित्ता समुहिक लगानी कोषहरुलाई ३० हजार ५ सय ८८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर सर्वसाधारणलाई १२ लाख ६९ हजार ४ सय ११ कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

     


    images
    images

    Logo