images
images

सर्वसाधारणका लागि मोदी ईनर्जीको आईपीओ आजदेखि


  • 365
    SHARES
  • २०८० बैशाख १९ गते मंगलबार

    सर्वसाधारणका लागि मोदी ईनर्जीको आईपीओ आजदेखि

    काठमाडौं । मोदी ईनर्जीको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले ४३ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६ सय १० कित्ता शेयर थप गरी कुल ६४ लाख ९५ हजार ६ सय १० कित्ता आईपीओ जारी गर्ने भएको छ । 

    जसमध्ये ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यस्तै, २ लाख १७ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ८७ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ५९ लाख ९५ हजार ४२० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । 

    आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यस्तो निष्काशन निष्काशन बन्द छिटोमा बैशाख २४ गते हुनेछ भने ढिलोमा जेठ २ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo