काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एओआई) दिएको छ । आज विहान बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बोर्डले १५ वटा स्टक ब्रोकर कम्पनीले धितोपत्र ब्रोक कम्पनीको लाइसेन्सको लागि आशयपत्र पाएका छन् । त्यस्तै, एक वटा डिलर कम्पनीले लाइसेन्सको लागि आशयपत्र पाएको छ ।
बोर्डले नयाँ ब्रोकर कम्पनीलाई आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार पार्नुपर्छ । पूर्वाधार तयार पारेपछि सेबोनले अनुगमन गर्ने छ । अनुगमन गर्दा मापदण्ड पुरा गरेको पाएमा ब्रोकर लाईसेन्स पाउने छन् ।
आज आशयपत्र पाउने कम्पनीहरु निम्न छन् :
१. नबिल सेक्युरिटिज – धितोपत्र ब्यापारी (स्टक डिलर)
२. मेघा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल
३. हिमालयन ब्रोकेज कम्पनी – सिमित कार्य गर्ने धितोपत्र दलाल
४. सीबिआईएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
५. केबीएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
६. एनएमबि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
७. आरविवि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
८. सानिमा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
९. इन्डेक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१०. सन् सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
११. क्यापिटल म्याक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१२. भोले गणेश सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१३. इन्फिनिटी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१४. आकाश भैरव सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१५. एलिट स्टक हाउस – सिमित कार्य गर्ने धितोपत्र दलाल
१६. एसपीएसएस सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल



