काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाटँको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मंगलबार अथात् बैशाख १९ गते बाँडफाटँ गर्ने भएको हो । बाँडफाँडको समय भने तय नभएको जनाइएको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपैयाँको संकलन भएको थियो वैशाख १२ गतेसम्ममा १३ लाख ३१ हजार २ सय ३८ जना सर्वसाधारण आवेदकले १ करोड ४८ लाख ७ हजार ७ सय ५० कित्ताको लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ११.६६ गुणा बढी आवेदन हो ।
माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ । कम्पनीले बैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४ सय ७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २ प्रतिशत दरको ३० हजार ५ सय ८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँट गरिसकेको छ भने कम्पनीले १२ लाख ६९ हजार ४ सय ११ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।



