काठमाडौं । २ कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । आइतबार बीपीडब्लुु लघुवित्त र आत्मनिर्भर लघुवित्तको आईपीओ सुचीकृत भएको हो ।
बीपीडब्लुु लघुवित्तको ३ लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम ८६ रुपैयाँ ७८ पैसा र अधिकतम २ सय ६० रुपैयाँ ३४ पैसा ओपनिङ रेञ्च तोकेको छ ।
त्यस्तै, आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३ सय ८० कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । उक्त कम्पनीको पहिलोकारोबार न्युनतम ३ सय ७१ रुपैयाँ ८२ पैसा र अधिकतम १ हजार १ सय १५ रुपैयाँ ४२ पैसा ओपनिङ रेञ्च तोकेको छ ।
सो शेयर आइतबार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ ।