काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले कायम चुक्ता पूँजीको १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ।
कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला –२ जलविद्युत आयोजनामा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्प्नीले हकप्रद शेयरबापत प्राप्त ९६ करोड रुपैयाँ सो आयोजनामा लगानी गर्नेछ भने बाँकी रहेको रकम बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्नेछ।