काठमाडौं । ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले सर्वसाधारणका लागि कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ छुट्याएको थियो । जसमा स्थानीय बासिन्दाका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १ सय ६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।
जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि, ७४ हजार ६ सय ५८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिबाँकी रहेको १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।



