images
images

सातामा १४.६५ अंकले घट्यो नेप्से, आगामी साता के होला ? 


  • 371
    SHARES
  • २०८० बैशाख १६ गते शनिबार

    सातामा १४.६५ अंकले घट्यो नेप्से, आगामी साता के होला ? 

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से १४.६५ अंक घटेर १ हजार ८ सय ८९ दशमलव ७५ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ३ कारोबार दिन ओरालो लागेको थियो। यस साता सोमबार र मंगलबार नेप्से बढेको थियो भने अन्य ३ कारोबार दिन ओरालो लागेको हो।

    यस साता कुल बजार पूँजीकरण ०.७७ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २७ खर्ब ७४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साताको अन्तिम कारोबार दिनसम्ममा २१ अर्ब घटेर २७ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको छ।

    साताको पहिलो दिन नेप्से सामान्य अंकले घटेको थियो । सो दिन १८.७९ अंकले घटेर १ हजार ८ सय ८५ दशमलव ६० विन्दुमा पुगेको थियो । सो दिन ८१ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार २.७२ अंकले बढेर १ हजार ८ सय ८८ दशमलव ३२ विन्दुमा झरेको छ । सो दिन ७२ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, तेस्रो दिन मंगलबार १७.३६ अंकले बढेर १ हजार ९ सय ५ दशमलव ६८ विन्दुमा झरेको छ । सो दिन ८३ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार १३.६८ अंकले घटेर १ हजार ८ सय ९२ विन्दुमा पुगेको थियो । सो दिन ८३ करोड ६४ लाख रुपैयाँ कारोबार भएको थियो । 

    त्यस्तै, साताको अन्तिम दिन विहीबार २.२५ घटेर १ हजार ८ सय ८९ दशमलव ७५ विन्दुमा झरेको छ । सो दिन ७१ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    १३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.८४ प्रतिशत बढेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशत घटेको छ। 

    यस साता नेप्सेमा कुल २ करोड १८ लाख ६० हजार ५ सय ५८ दशमलव ८४ कित्ता शेयर सूचीकृत भएको छ। यस साता ९ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। 


    images
    images

    Logo