images
images

३ कम्पनीको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?


  • 434
    SHARES
  • २०८० बैशाख १६ गते शनिबार

    ३ कम्पनीको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?

    काठमाडौं । ३ कम्पनीको साधारणसभा आज हुँदै छ । शनिबार धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र घलेम्दी हाइड्रोले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेको कम्पनीमा धौलागिरि लघुवित्तले धौलागिरी सामुदायिक अनुसन्धान विकास केन्द्र, बाग्लुङमा बिहान १० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सभाले नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृत पश्चात खप्तड लघुवित्तको शेयर, पूंजी, र सम्पूर्ण सम्पत्ति दायित्व एकृकित गरी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत गरी संचालन गर्नेछ ।

    मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    त्यस्तै, खप्तड लघुवित्तको साधारणसभा होटल नमस्ते, अत्तरियामा दिउँसो १ बजे बस्ने भएको छ । सो कम्पनीले धौलागिरि लघुवित्तसँग मर्जर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने,लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।

    त्यस्तै, घलेम्दी हाइड्रोले सासा बैंक्वेट, नयाँबजार, काठमाडौंमा बिहान १०ः३० बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले २ सय प्रतिशत हकप्रद जारी जारी गर्ने, पुँजी बढाउने,वित्तीय हाइलाइटहरू परित गर्ने, लेखा परीक्षकको नियुक्ति लगायतका एजेण्डा राखेको छ ।


    images
    images

    Logo