काठमाडौं । २ कम्पनीको साधारणसभा आज हुँदैछ । शुक्रबार एनएमबि लघुवित्त र नेशनल माइक्रोफाइनान्सले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा एनएमबि लघुवित्तले सिटी स्क्वायर प्रा. लि, न्यू रोड, पोखरामा दिनको १२ः३० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रस्ताव गरेको १० पैतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै, २०७८र७९ को वित्तीय हाइलाइटहरू पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ ।
त्यस्तै, नेशनल माइक्रोफाइनान्सले धादिङ क्रीक रिसोर्ट, धादिङमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर पारित गर्ने, समिट लघुवित्तसँग मर्जरका लागि स्वाप रेसियो १००ः८२ को अनुपात कायम गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेका छन् ।



