images
images

गरिमा विकास बैंकसहित २ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत


  • 384
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    गरिमा विकास बैंकसहित २ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेप्सेमा गरिमा विकास बैंकसहित २ कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार गरिमा विकास बैंक र अरुण भ्याली हाइड्रोपावरको बोनश शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    गरिमा विकास बैंकको १३ प्रतिशत बोनश शेयर पश्चातको ५९ लाख ६८ हजार १ सय ३५ कित्ता शेयर सुचीकृत भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत बोनश शेयर पश्चातको १३ लाख ८३ हजार ६ सय ७६ कित्ता शेयर सुचीकृत भएको छ ।

    सुचिकृत भएसँगै दुबै कम्पनी शेयर दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo