काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२१२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सो प्रयार्जनका लागि कम्पनीले वैशाख १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार वैशाख १४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् ।
उक्त कम्पनीको वार्षिक साधारणसभा बैशाख ३१ गते हुने भएको छ ।