काठमाडौं । हिमाल दोलखा हाईडोपावरले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले मंगलबार अनुमति पाएको हो ।
कम्पनीले हालको पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित १०० को दरले १ कित्ता शेयर बराबर ०.७५ कित्ता अर्थात् ७५ प्रतिशत अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्ने भएको छ ।
उक्त हकप्रद निष्काशनको लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।