काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सो आईपीओ बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफँट भएको हो ।
सो आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथा मार्फत १० कित्ताका दरले बाँडफँट गरिएको छ । गोलाप्रथा मार्फत बाँडफाँट गर्दा कुल ९५ हजार ४ सय ११ जनाले १० कित्ताका दरल आईपीओ पाएका छन् । जसमध्ये ४ जनाले थप १ कित्ता गरि ११ कित्ता शेयर पाएका छन्
कम्पनीले बैशाख ४ देखि वैशाख ७ गतेसम्म सर्बसाधारणलाई आईपीओ निष्काशन गरेको थियो ।