काठमाडौं । सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रयार्जनका लागि कम्पनीले वैशाख १४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यस अनुसार वैशाख १३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् ।
उक्त कम्पनीको वार्षिक साधारणसभा बैशाख ३० गते हुने भएको छ ।