काठमाडौं । मंगलबार नेप्से १९ सय विन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १७. ३६ अंकले बढेर १ हजार ९ सय ५ दशमलव ६८ विन्दुमा पुगेको छ । सोमबारसम्म १८८८.३२ विन्दुमा रहेको नेप्से आज सो अंकले बढेर १९ सय विन्दुमा पुगेको हो ।
मंगलबार २ सय ६४ स्क्रिपको ८८ करोड ५५ लाख रुपैयाँ बराबरको २७ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ७३ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ।
आज कारोबारमा आएका १ सय ६८ कम्पनीको शेयर मूल्य बढेको छ । ४४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोडमाथिको शेयर कारोबार भएको छ । कालिञ्चोक दर्शनको ३ करोडमाथि शेयर कारोबार भएको छ ।
त्यस्तै, नविल बैंकको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन खप्तड लघुवित्तको शेयरमूल्य ७.८५ प्रतिशत बढेको छ।



