काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा लुम्विनी जनरल इस्योरेन्स र सगरमाथा इस्योरेन्स रहेका छन् ।
मंगलबार लुम्विनी जनरल इस्योरेन्सको ६.९९ प्रतिशत बोनस बापतको ९ लाख १७ हजार ६ सय ४४ दशमलव ५० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सगरमाथा इस्योरेन्सको १४.४० प्रतिशत बोनस शेयर बापतको १६ लाख ५३ हजार ६ सय ९९ दशमलव ९६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।