काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणलाई बैशाख ८ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १५ लाख २९ हजार ४ सय ११ कित्ता आईपीओ निष्काशनको लागि छुट्याएको थियो । सोमध्ये ७६ हजार ४ सय ७१ कित्ता शेयर सामुहिक लगानी कोषको र ३० हजार ५ सय ८८ कित्ता कर्मचारीको लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी रहेको १२ लाख ६९ हजार ४ सय ११ कित्ता शेयरमा आवेदन दिनसक्ने छन् ।
कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिनसक्नेछन् । कम्पनीले विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।