images
images

नेपाल सरकारको विकास ऋणपत्र नेप्सेमा सूचीकृत


  • 261
    SHARES
  • २०८० बैशाख ११ गते सोमबार

    नेपाल सरकारको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल सरकारको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकमार्फत् निष्कासन गरिएको २०८५ ‘छ’ नामक विकास ऋणपत्र सोमबार नेप्सेमा सूचीकृत भएको हो । 

    विकास ऋणपत्र २०८५ ‘छ’ १० अर्ब रुपैयाँ बराबरको रहेको छ।  यो ऋणपत्रको अवधि ६ वर्ष रहने छ भने यसमा लगानीकर्ताले ८.७७ प्रतिशत ब्याजदर पाउँछन्। यो ऋणपत्र २०७९ चैत २२ गते निष्कासन भएको थियो। यसको साँवा भुक्तानी २०८५ चैत २२ गते हुनेछ।


    images
    images

    Logo