images
images

ऋणपत्र निष्काशनका लागि लुम्बिनी विकास बैंकले पायो बोर्डको अनुमति


  • 338
    SHARES
  • २०८० बैशाख ११ गते सोमबार

    ऋणपत्र निष्काशनका लागि लुम्बिनी विकास बैंकले पायो बोर्डको अनुमति

    काठमाडौं । लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले सोमबार बोर्डको अनुमति पाएको हो । 

    कम्पनीले ११ प्रतिशत ब्याजदरमा १० वर्ष समयअवधिका लागि ऋणपत्र निष्काशन गर्ने भएको छ । 

    बैंकले कुल १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । कम्पनीले कुल कित्तामध्ये ४ लाख  कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

    उक्त ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । 


    images
    images

    Logo