images
images

घोराही सिमेन्टको आईपीओ वैशाख १९ गतेदेखि


  • 591
    SHARES
  • २०८० बैशाख ११ गते सोमबार

    घोराही सिमेन्टको आईपीओ वैशाख १९ गतेदेखि

    काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ वैशाख १९ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय  रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय रुपैयाँका दरले ३ लाख ९७ हजार १ सय ९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ । 

    कम्पनीले शेयरमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    त्यस्तै, ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६ सय ६१ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याएको कम्पनीले जनाएको छ । 

    सो आईपीओमा स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिदन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ७ लाख ५४ हजार ६ सय ६१ कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    स्थानिय बासिन्दाहरुका लागि यस्तो निष्काशन बन्द छिटोमा जेठ २ गते हुनेछ भने ढिलोमा जेठ १७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन् । 


    images
    images

    Logo