काठमाडौं । नेप्से १९०० विन्दुभन्दा तल झरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८.८० अङ्कले घटेर १ हजार ८ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो ।
आज २ सय ६५ कम्पनीका २७ लाख ३४ हजार ३ सय ७ कित्ता शेयर ३१ हजार ४ सय १५ पटक खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक ११ दशमलव शुन्य सात अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
जीवन बीमा समूहको आज उपसूचक १ सय १८ दशमलव ७४ अङ्कले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३५ दशमलव ९८ अङ्कले घटेको छ । बैँकिङ समूह १६ दशमलव ७१, वित्त समूह ३२ दशमलव ३०, जलविद्युत् समूह २७ दशमलव ९४, लगानी समूह शून्य दशमलव ५२ र उत्पादन तथा प्रशोधन समूह १४ दशमलव ३९ अङ्कले घटेको छ ।
त्यसैगरी लघुवित्त समूह २९.०८, म्युर्चुअल फन्ड ०.०१, निर्जीवन बीमा समूह २९.५४, व्यापार समूह ३१.२३ र अन्य समूह १.९९ अङ्कले घटेको छ । नेप्सेको आजको कारोबारमा सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र शेयर सङ्ख्यामा आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको ३ करोड ११ लाख ९५ हजार रुपैयाँ बराबरको १ लाख २० हजार ५ सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।



