images
images

नेप्सेद्धारा दुई जीवन बीमा कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख


  • 281
    SHARES
  • २०८० बैशाख १० गते आइतबार

    नेप्सेद्धारा दुई जीवन बीमा कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख

    काठमाडौं । नेप्सेले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । यसरी अभिलेख हुनेमा प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् । 

    नेप्सेले यूनियत लाइफको संस्थापक समुहको १९ प्रतिशत शेयर सर्वसाधारण समुहमा परिवर्तन भइ दोस्रो बजारमा कारोबार गर्न योग्य भएको जनाएको छ । नेप्सेमा यूनियनको २ करोड ३४ लाख २८ हजार ५ सय ५० कित्ता शेयर सूचीकृत छ ।

    संस्थापक समुहको ४४ लाख ४१ हजार ४ सय २४ कित्ता शेयर सर्वसाधारण समुहमा परिणत भएको हो । यस सँगै सर्वसाधारण समुहको शेयर हिस्सा ४९ प्रतिशत पुगेको छ भने संस्थापक समुहको शेयर हिस्सा ५१ प्रतिशतमा खुम्चिएको छ ।

    त्यस्तै, नेप्सेले प्राइम लाइफको संस्थापक समुहको १९ प्रतिशत शेयर सर्वसाधारण समुहमा परिवर्तन भइ दोस्रो बजारमा कारोबार गर्न योग्य भएको जनाएको छ । नेप्सेमा प्राइमको  ३ करोड १४ लाख ९ हजार ६ सय ५७ कित्ता शेयर सूचीकृत छ । 

    संस्थापक समुहको २८ लाख २६ हजार ८ सय ६९ कित्ता शेयर सर्वसाधारण समुहमा परिणत भएको हो । यस सँगै सर्वसाधारण समुहको शेयर हिस्सा ४९ प्रतिशत पुगेको छ भने संस्थापक समुहको शेयर हिस्सा ५१ प्रतिशतमा खुम्चिएको छ ।

     


    images
    images

    Logo