काठमाडौं । ४ कम्पनीको साधारणसभा आज हुँदैछ ।आइतबार एनआईसी एशिया लघुवित्त, तारागाँउ रिजेन्सी होटल, नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेको कम्पनीमा एनआईसी एशिया लघुवित्त, तारागाँउ रिजेन्सी होटलले वार्षिक साधारणसभा गर्न लागेका हुन् भने नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले विशेष साधारणसभा गर्न लागेका हुन् ।
एनआईसी एशिया लघुवित्तले होटल गजुर प्यालेस ( होटल धरान, सुनसरीमा बिहान ९ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताब गरेको १४.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, सञ्चालकहरुको निर्वाचन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
त्यस्तै, तारागाँउ रिजेन्सी होटलले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रस्ताब गरेको ८.४२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै, सञ्चालकहरुको निर्वाचन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
त्यसैगरी, नेरुडे लघुवित्तको साधारणसभा उद्योग संगठन मोरङ, विराटनगरमा बिहान ११ बजे बस्ने भएको छ । सो कम्पनीले दुई संस्थाबीच १ः१ को अनुपात स्वीकृत गर्ने, मर्जर पश्चात नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार गर्ने प्रस्ताव पारित गर्नेछ
साथै, एक आपसमा गाभ्ने गाभिने गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र , सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन प्रतिवेदन गाभ्नेरगाभिने (मर्जर) सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवम् सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन तथा अन्तीम सम्झौतापत्र स्वीकृत गर्नेलगायतका एजेण्डा रहेको छ ।
त्यसैगरी, मिर्मिरे लघुवित्तको साधारणसभा होटल सारथी, धुलिखेलमा बिहान १२ः३० बजे बस्ने भएको छ । सो कम्पनीले नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त संस्थाबीच १ः१ को अनुपात स्वीकृत गर्ने, मर्जर पश्चात नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार गर्ने प्रस्ताव स्वीकृत गर्ने लगायतका एजेण्डा रहेको छ ।



