images
images

सातामा ३० अंकले घट्यो नेप्से, आगामी साता के होला ? 


  • 347
    SHARES
  • २०८० बैशाख ९ गते शनिबार

    सातामा ३० अंकले घट्यो नेप्से, आगामी साता के होला ? 

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से ३०.अंक घटेर १ हजार ९ सय ४ दशमलव ४० विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से ओरालो लागेको छ भने एक कारोबार दिन मात्र बजार बढेको छ। 

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि घटेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब १३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३८ अर्ब रुपैयाँ घटेर २७ खर्ब ७४ अर्ब रुपैयाँमा झरेको छ। 

    साताको पहिलो दिन नेप्से सामान्य अंकले घटेको थियो । सो दिन २.७९ अंकले घटेर १ हजार ९ सय ३१ दशमलव ६८ विन्दुमा पुगेको थियो । सो दिन ९६ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार २३.६३ अंकले घटेर १ हजार ९ सय ८ दशमलव ५ विन्दुमा झरेको छ । सो दिन ८९ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, तेस्रो दिन मंगलबार ३.७ अंकले १ हजार ९ सय ४ दशमलव ४ विन्दुमा झरेको छ । सो दिन ७९ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार सामान्य अंकले घढेको थियो । सो दिन १५.१४ अंकले बढेर १ हजार ९ सय २० दशमलव १३ विन्दुमा पुगेको थियो । सो दिन ७७ करोड ६२ लाख रुपैयाँ कारोबार भएको थियो । सो दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको थियो । 

    त्यस्तै, साताको अन्तिम दिन विहीबार १५.७३ घटेर १ हजार ९ सय ४ दशमलव ४० विन्दुमा झरेको छ । सो दिन ५३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको थियो । 

    यस साता १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक ०.०२ प्रतिशत बढेको छ।

    कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.६१ प्रतिशत घटेको छ। त्यस्तै यस साता वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। 

    यस साता नेप्सेमा कुल २ करोड ३१ लाख ७४ हजार २ सय ७१ दशमलव ३१ कित्ता शेयर सूचीकृत भएको छ। यस साता २ कम्पनीको आईपीओ र ३ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। 


    images
    images

    Logo