images
images

माई खोला हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन


  • 343
    SHARES
  • २०८० बैशाख ८ गते शुक्रबार

    माई खोला हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन

    काठमाडौं ।  माई खोला हाइड्रोपावरको आइपीओमा पहिलो दिन २४ लाख ९३ हजार २ सय ९० कित्ताका लागि आवेदन परेको छ । शुक्रबार (वैशाख ८ गते) साँझ ५ः०३ बजेसम्ममा २ लाख १८ हजार २ सय ९१ जना सर्वसाधारण आवेदकले २४ करोड ९३ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । 

    कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँको दरले १२ लाख ६९ हजार ४ सय ११ कित्ता सेयर बिक्री खुला गरेको हो । यसआधारमा हेर्दा, यो आइपीओमा पहिलो दिनमै मागभन्दा करिब दोब्बर आवेदन परेको छ । 
     
    कम्पनीले कुल १५ लाख २९ हजार ४ सय ११ कित्ता सेयरमध्ये ७६ हजार ४ सय ७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५ सय ८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो । 

    यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ ।
     


    images
    images

    Logo