काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लागि हिमालयन स्टक एक्सचेञ्जले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार शुक्रवारसम्म हिमालयन स्टक एक्सचेञ्जले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएको हो ।
यसअघि आवेदन खुल्ला गरेपनि सर्वोच्च अदालतलमा रिट दायर भएको कारणले रोकिएको थियो तर अदालतले स्टक स्थापनाका लागि बाटो खोलिदिएपछि बोर्डले आवेदन दिने समय १० दिन थप गरेको थियो ।नयाँ स्टकका लागि आवेदन दिने समय बैशाख १० गते अन्तिम दिन रहेको छ ।
बोर्डले दिएको समय आइतबार सकिँदैछ। इदका कारण आइतबार सार्वजनिक बिदा भए सोमबारसम्म आवेदन दिन सकिन्छ । आइतबारसम्म समय रहेकोले थप निवेदन पर्न सक्ने अवस्था रहेको बोर्डको भनाई छ। तर जति वटा निवेदन परे पनि बोर्डले एक कम्पनीलाई मात्रै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने जनाएको छ।
बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो।



