काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज दिउँसो शेयर बाडँफाटँ गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथामार्फत शेयर बाडँफाटँ गरेको हो । कम्पनीको आईपीओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदक मात्र शेयर पाउँनको लागि योग्य रहेको क्यापिटलले जनाएको छ ।
गोलाप्रथा मार्फत १ लाख २७ हजार १ सय ८६ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले चैत २८ गतेदेखि बैशाख ३ गतेसम्म सर्वसाधारणको लागि १२ लाख ७१ हजार ८ सय ८१ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको छ।



