काठमाडौं । दोल्ती पावर कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको आर्यपीओ शुक्रबार दिउँसो बाँडफाँट हुने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको हो ।
कम्पनीले सर्वसाधारणका लागि चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले कुल १० लाख ७२ हजार ९ सय ७२ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये १ लाख ७ हजार २ सय ९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १२ लाख ७१ हजार ८ सय ६१ कित्ता शेयरका लागि सर्वसाधारणका लागि छुट्याएको थियो । सो आईपीओ शुक्रबार बाँडफाँट गर्न लागिएको हो ।