काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले कम्पनीको ८.५ प्रतिशत बोनश शेयर पश्चात मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय ६९ दशमलव ५९ रुपैयाँ कायम भएको छ भने सो कम्पनीको अन्तिम कारोबार ६ सय १८ रुपैयाँमा भएको थियो ।