images
images

३ इन्स्योरेन्स कम्पनीको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?


  • 417
    SHARES
  • २०८० बैशाख ६ गते बुधबार

    ३ इन्स्योरेन्स कम्पनीको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?

    काठमाडौं । ३ कम्पनीको साधारणसभा आज हुँदै छ । बुधबार गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्सले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेको कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा गर्न लागेको हो भने प्राइम लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा गर्न लागेका हुन् । 

    गुराँस लाइफ इन्स्योरेन्सले श्री राजभवन, तिनकुने, काठमाडौंमा बिहान १०ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताक गरेको १३.२७ प्रतिशत बोनश शेयर पारित गर्नेछ । 

    साथै, १.१ः१ शेयर स्वैप अनुपातको अनुमोदन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

    त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा अग्रवाल सेवा केन्द्र, कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे बस्ने भएको छ । सो कम्पनीले गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग १ः१ः१ को शेयर स्वैप अनुपातको अनुमोदन गर्ने, मर्जरपछि 'हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड' नामबाट संयुक्त कारोबार सुरु गर्ने प्रस्ताव स्वीकृत गर्ने लगायतका एजेण्डा रहेको छ ।

    त्यसैगरी, युनियन लाइफ इन्स्योरेन्सको साधारणसभा टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे बस्ने भएको छ । सो कम्पनीले गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्ससँग १ः१ः१ को शेयर स्वैप अनुपातको अनुमोदन गर्ने, मर्जरपछि 'हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड' नामबाट संयुक्त कारोबार सुरु गर्ने प्रस्ताव स्वीकृत गर्ने लगायतका एजेण्डा रहेको छ ।

    यी ३ वटै कम्पनी एक आपसमा मर्जरको तयारीमा रहेका छन् । 


    images
    images

    Logo