images
images

ईङवा हाइड्रोपावरको आईपीओ बैशाख १३ गतेदेखि


  • 415
    SHARES
  • २०८० बैशाख ६ गते बुधबार

    ईङवा हाइड्रोपावरको आईपीओ बैशाख १३ गतेदेखि

    काठमाडौं । ईङवा हाइड्रोपावरको आईपीओ बैशाख १३ गतेदेखि निष्काशन हुँदैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले सर्वसाधारणका लागि कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ छुट्याएको थियो । जसमा स्थानीय बासिन्दाका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १ सय ६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

    जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि, ७४ हजार ६ सय ५८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिबाँकी रहेको  १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा बैशाख १७ गते र ढिलोमा बैशाख २७ गते हुनेछ । 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo