काठमाडौं । नेष्डो समृद्ध लघुवित्तलाई १७.९३ प्रतिशत मात्रै लाभांश बाड्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । कम्पनीलाई राष्ट्र बैंकले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजीका १७.९३४२ प्रतिशत लाभांश वितरण गर्ने निर्देशन दिएको हो ।
कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांशका साथै कर प्रयोजनको लागि ३ दशमलव ६८४२ गरि कुल ७३ दशलमव ६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनकिो यस्तो निर्णयलाई राष्ट्र बैंकले अस्वीकार गर्दै १७ दशमलव ९३४२ प्रतिशत लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।
कम्पनीको संचालक समितिले भने राष्ट्र बैंकको यो निर्देशन कार्यान्वयन गर्न नसकिने निर्णय गरेको छ । राष्ट्र बैंकको लाभांश घटाउने निर्देशन २०७९/११/१० गते जारी शंसोधित निर्देशनको व्यवस्थासंग स्पष्ट वाझिएको, नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त एउटै प्रकृतीका संस्था विच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिंदा समानता नभएको र नेपाल राष्ट्र वैंकवाट स्वीकृत लाभांशको जानकारीले शेयरधनिले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्वन्धमा बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल भएको र लाभांश प्रस्ताव तथा शंसोधन संस्थावाट नै निर्णय भई नेपाल राष्ट्र बैंकवाट स्वीकृत दिनुपर्ने कानूनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएकोले नेपाल राष्ट्र बैंकको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी वढाउन नसकिने निर्णय कम्पनीले गरेको छ ।



