images
images

सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 556
    SHARES
  • २०८० बैशाख ५ गते मंगलबार

    सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

    होटलले कुल १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कुल निष्काशित शेयरमध्ये १ लाख ६७ हजार ४ सय कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको छ । 

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo