images
images

थ्रीस्टार हाइड्रोपावरको आईपीओ वैशाख ११ गतेदेखि


  • 462
    SHARES
  • २०८० बैशाख ४ गते सोमबार

    थ्रीस्टार हाइड्रोपावरको आईपीओ वैशाख ११ गतेदेखि

    काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आईपीओ वैशाख ११ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    सो कम्पनीले ४ लाख ९२ हजार ५ सय कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि  निष्काशन गर्न लागेको छ । जसमा खोटाङ जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं। १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं। १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का बासिन्दाहरुले आवेदन दिन सक्ने 
     कम्पनीले जनाएको छ।

    त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ७३ हजार ८ सय ७५ कित्ता आईपीओ छुट्याएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् भने स्थानीय बासिन्दाहरुले न्युनतम १० कित्ताादेखि अधिकतम ४ लाख ९२ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि यस्तो निष्काशन बन्द छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने बैशाख २५ गतेभित्र आवेदन दिनु पर्नेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo