काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी कुनाल कयलको नाममा रहेको सो शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयरको मूल्य न्युनतम १ सय ३५ रुपैयाँ तोकिएको छ । इच्छुक संस्थापक अन्य व्यक्ती, संघ, संस्थाहरुले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा आइपुग्नेगरी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट पुर्ण रुपमा आवेदन नपरेका अन्य व्यक्ती तथा संस्थाहरुका लागि विक्री गर्ने बैंकले जनाएको छ ।