images
images

महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


  • 297
    SHARES
  • २०८० बैशाख ४ गते सोमबार

    महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको हो।

    बैंकले कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ। जसमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ। 

    सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

    सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल  रहेको छ।


    images
    images

    Logo