काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.८० अङ्कले घटेर १ हजार ९ सय ३१ दशमलब ६८ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव २६ अङ्कले ओरालो लागेर ३ सय ६७ दशमलव ७३ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा ९ उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ ।
कारोबार भएका ७० कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १ सय ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । कूल ३० लाख ५६ हजार ७ सय ७५ कित्ता शेयर ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ३ करोड ८९ लाख ४ हजार ४ सय ९ मूल्य बराबरको शेयर खरिद बिक्री भए ।
एनआइसी एशिया बैंक ३ करोड ६४ लाख ९८ हजार ७ सय ५० रुपैयाँ, शिवम् सिमेन्ट ३ करोड १७ लाख २० हजार ७ सय ७ रुपैयाँ, हिमालयन डिस्टिलरी २ करोड ७९ लाख ९४ हजार ४ सय ५५ रुपैयाँ र सगरमाथा जलविद्युत् कम्पनी २ करोड ७२ लाख ३३ हजार १ सय ६५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आर्दश लघुवित्त, मैलुङ हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले उकालो लाग्दा कालिञ्चोक दर्शन लिमिटेड ९ दशमलव ९८, तारागाउँ रिजेन्सी होटल ७ दशमलव ४३ र धौलागिरी लघुवित्तको शेयर मूल्य ५ दशमलब ६४ प्रतिशतले घटेको छ ।
त्यस्तै, एशियन हाइड्रोपावर ७.८३, सगरमाथा जलविद्युत् कम्पनी ६.७६, आरबीबी म्युचुअल फण्ड ५.१३, माहुली लघुवित्त ४.५९ र गरिमा विकास लघुवित्तको शेयर मूल्य ४.४२ प्रतिशतले घटेको छ ।



