images
images

भूगोल इनर्जिको आईपीओ बाडँफाँट, ३ जनाले पाए ११ कित्ता शेयर 


  • 339
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    भूगोल इनर्जिको आईपीओ बाडँफाँट, ३ जनाले पाए ११ कित्ता शेयर 

    काठमाडौं ।  भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको आईपीओ बाडँफाँट भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज दिँउसो बाडँफाँट गरेको हो । 

    क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो । ति मध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन मात्र भेरिफाई भएको क्यापिटलले जनाएको छ ।  जस मध्ये पनि योग्य आवेदकको संख्या ११ लाख ४९ हजार १ सय ५१ रहेको क्यापिटलले जनाएको छ । 

    माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।  गोलाप्रथाबाट १ लाख ३४ हजार ६ सय ९९ जनाले शेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ताको दरले शेयर पाएका छन् भने १ लाख ३४ हजार ९६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म आईपिओ बिक्री गरेको थियो । 

     

     

     


    images
    images

    Logo