images
images

दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 270
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

    कम्पनीले कुल १० लाख ७२ हजार ९ सय ७२ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये १ लाख ७ हजार २ सय ९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।  बाँकी रहेको १२ लाख ७१ हजार ८ सय ६१ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।


    images
    images

    Logo