काठमाडौं । २०७९ सालकाे अन्तिम काराेबारकाे दिन शेयर बजार घटेर बन्द भएको छ । विहीबार २९ अंकले घटेर १ हजार ९ सय ३४ दशमलव ४७ विन्दुमा झरेको छ । अघिल्लो दिन अथात् बुधबार ९२ अंकले बढेको थियो ।
आज २ सय ७० स्क्रिपको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको ४९ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको हो । बुधबार १ अर्ब ९५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।
आज बजार घट्दा पनि २८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८६ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनी स्थिर छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा आर्दश लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनी रहेका छन् ।



