काठमाडौं । तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा महालक्ष्मी विकास बैंक, पोखरा फाइनान्स र युनियन लाइफ इस्योरेन्स रहेका छन् ।
विहीबार महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस वापतको १६ लाख ४ हजार ३ सय ५३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने पोखरा फाइनान्सको ४ प्रतिशत बोनस बापतको ४ लाख १६ हजार ३ सय ६७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
त्यस्तै, युनियन लाइफ इस्योरेन्सको ८.९७ प्रतिशत बोनस वापतको १९ लाख २८ हजार ५ सय ५० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यी तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।