काठमाडौं । २ लघुवित्तले मर्जरका लागि सम्झौता गरेका छन् । बुधबार आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नुवाकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरका संस्था हुन् ।