images
images

३ कम्पनीको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?


  • 407
    SHARES
  • २०७९ चैत्र ३० गते बिहीबार

    ३ कम्पनीको साधारणसभा आज हुँदै, के-के छन् एजेण्डा ?

    काठमाडौं । ३ कम्पनीको साधारणसभा आज हुँदै छ । बिहीबार जीवन विकास लघुवित्त, आरम्भ चौतारी लघुवित्त र उन्नती सहकार्य लघुवित्तले साधारणसभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेको कम्पनीमा जीवन विकास लघुवित्तले कम्पनीको प्रधान कार्यालय, कटहरी, मोरङमा बिहान १०ः३० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले १४.२८५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१४ प्रतिशत नगद लाभांश पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा रहेको छ ।

    त्यसैगरी, आरम्भ चौतारी लघुवित्तको साधारणसभा बनेपा पार्टी स्थल, बनेपामा बिहान ११ बजे बस्ने भएको छ । सो कम्पनीले एसोसिएशनको लेखहरूको खण्ड छ मा एक खण्ड थप्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ ।

    त्यस्तै, उन्नती सहकायले एसियन बुद्ध होटल, भैरहवामा बिहान ८ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले वित्तीय हाइलाइटहरू परित गर्ने, लेखा परीक्षकको नियुक्ति लगायतका एजेण्डा राखेको छ ।


    images
    images

    Logo