काठमाडौं । बैंकहरुको व्याजदर घट्ने निर्णय भएसँगै शेयर बजारमा उछाल आएको छ । बुधबार बैंकर्ष संघले निक्षेपको व्याजदर ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ । जसको कारणले लगानीकर्ताम उत्साह छाएसँगै बुधबार शेयर बजारमा सकारात्मक देखिएको छ ।
बुधबार ९२.२२ अंकले बढेर १ हजार ९ सय ६३ दशमलव ५५ विन्दुमा पुगेको छ । आज कारोबारका आएका २ सय ६७ स्क्रिपको १ अर्ब ९७ करोड रुपैयाँ बराबरको ६१ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ । यस दिन १३ उपसमुहको परिसुचक बढेको छ ।
बुधबार कारोबारमा आएका सवै कम्पनीको शेयर मूल्य बढेको छ । आज सवैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । सो कम्पनीको ११ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ६२ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिष्ट्रीलरीको ६० करोड ३३ लाख रुपैयाँ, नविल बैंकको ५३ करोड ३७ लाख रुपैयाँ, अपि पावर कम्पनी ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, आज कारोबारमा आएका ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारत्मक सर्किट लाग्नेमा सिद्धार्थ इक्विटी फण्ड, सिटिजन म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्मेण्ट ग्रोथ स्किम २, आर्दश लघुवित्त र खप्तड लघुवित्त रहेका छन् ।
वाणिज्य बैंकमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम हुने भएको छ । त्यस्तै मुद्दतीतर्फको ब्याजदर ७.९९ प्रतिशत कायम हुने भएको छ ।



